गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०८
Dho

बुढीगंगा नगरपालिकामा टेलिकमको टावर अज्ञात समूहद्धारा ध्वस्त

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ २३, २०८१
बुढीगंगा नगरपालिकामा टेलिकमको टावर अज्ञात समूहद्धारा ध्वस्त

बाजुरा : बुढीगंगा नगरपालिका–९ मा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा टावरमा तोडफोड गरिएको पाईएको छ । अज्ञात समूहद्धारा मंगलबार पूर्ण रुपमा ध्वस्त पारेको अवस्थामा पाईएको दुरसञ्चार शाखा बाजुराका प्रमुख लोक बहादुर खड्काले बताएका छन् ।

स्थानीयले बारम्बार तोडफोड गर्दा दुरसञ्चार कार्यालय बाजुराले सोलार पाता थपेर नियमित सुचारु गरेको भएपनि पुनः अज्ञात समूहले पूर्ण रुपमा ध्वस्त पारेको खड्काले बताएका छन् ।

स्थानीयले १ महिनाबाट नेटवर्कमा समस्या छ भन्ने गुनाँसोलाई संम्बोधन गर्ने गरी थप विद्युत सेवा विस्तार गरी नियमित गर्ने तयारीका साथ दुरसञ्चार कार्यालय बाजुरा तयारीमा रहेको थियो ।

स्थानीयको मागलाई समाधान गर्न कार्यालय प्रमुख खड्का टावर भएको स्थानमा पुग्दा पूर्ण रुपमा ध्वस्त गरेको अवस्थामा फेला परेको हो । नेपाल टेलिकमको रिपिटर टावरमा तोडफोड हुँदा लाखौं मूल्य बराबरको उपकरणहरूमा क्षति भएको छ । 

तोडफोडबाट चार्जिङमा राखिएका सोलार प्यानल, ब्याट्री, जक्सन बक्स, सोलार चार्जर, कन्ट्रोल बक्स, पावर केवल र अन्य उपकरणमा क्षति भएको छ ।

रिपिटर टावरमा तोडफोड भई सञ्चालन गर्न नमिल्ने भएपछि स्थानीयबासी सम्पर्कबाट विच्छेद भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले तोडफोडमा संलग्नहरुको खोजी कार्य जारी राखेको छ । 
 

प्रतिक्रिया