गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५३
Dho

विश्व वातावरण दिवसमा वृक्षारोपण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ २३, २०८१
विश्व वातावरण दिवसमा वृक्षारोपण

बाजुरा : विश्व वातावरण दिवसको अवसरमा जिल्लाको बडीमालिका नगरपालिका–९ चौराटामा रहेको शसस्त्र प्रहरी बल आश्रित गुल्मको परिसर र  जनौटी सामुदायिक वनमा बुधबार वृक्षारोपण गरिएको छ ।

जिल्ला डिभिजन वन कार्यालय बाजुरा र शसस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराले संयुक्त संयुक्त आयोजनामा गुल्मको परिसर र वनमा विभिन्न प्रजातीका विरुवा रोपिएको हो ।

‘हाम्रो भूमी,हाम्रो भविष्य’ भन्ने मुल नाराका साथ डिभिजन वन कार्यालय बाजुरा र शसस्त्र प्रहरी वल आश्रित गुल्म बाजुराले तीन सय बढी विभिन्न प्रजातीका बोटविरुवा रोपेको डिभिजन वन कार्यलय बाजुराका निमित्त डिभिजनल वन अधिकृत सुवासचन्द्र अयडीले जानकारी दिएका छन्

उनले दिएको जानकारी अनुसार वन कार्यालय र गुल्मको सहकार्यमा वन कार्यालयले बोट विरुवा उपलव्ध गराएपछि  वृक्षारोपण गरिएको अयडीले बताए ।

डिजिभन वन कार्यालय बाजुरा र शसस्त्र प्रहरी वल आश्रित गुल्म बाजुरामा कार्यरत शसस्त्र प्रहरीहरुले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।

गुल्मको परिसर भित्र  र सामुदायिक वनमा समेत विभिन्न प्रजातीका बोटविरुवाहरु रोपिएका छन् । वृक्षारोपण कार्यक्रममा शसस्त्र प्रहरी नायव उपरिक्षक शंकरदत्त तिवारी,डिभिजन वन कार्यालय बाजुराका निमित्त डिभिजनल वन अधिकृत सुवासचन्द्र अयडी लगायत कर्मचारी पत्रकारहरु सहभागी थिए । 

प्रतिक्रिया