गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२५
Dho

गौमुलको विकासप्रति शिक्षक संगठनका जिल्ला अध्यक्ष रावलद्धारा खुलेरै प्रशंसा

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २२, २०७८
गौमुलको विकासप्रति शिक्षक संगठनका जिल्ला अध्यक्ष रावलद्धारा खुलेरै प्रशंसा

बाजुरा : नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बाजुराका अध्यक्ष रामबहादुर रावलले गाैमुल गाउँपालिकामा पाँच वर्षको अवधिमा भएको विकासप्रति खुलेरै प्रशंसा गरेका छन् ।

अध्यक्ष रावलले पाँच वर्षको अवधिमा विकासमा निकै फड्को मारेको बताएका छन् । गौमुको गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजना गरिएको शिक्षक संगठन जिल्ला समिति बाजुराको दोस्रो पूर्ण बैठकमा उहाँले यस्तो बताउनु भएको हो ।   

शैक्षिक क्षेत्रमा, भौतिक, सामाजिक र राजनीतिक लगायत जनुसूकै क्षेत्रमा अग्रणी नाम आउने गौमुल गाउँपालिका रहेको रावलले बताएका छन् । बाजुरा जिल्लामै विकासमा निकै फड्को मारेको पालिका गौमुल गाउँपालिका रहेको बताए । विकासमा गौमुल गाउँपालिका पहिला पालिका रहेको बताउँदै आफू पहिलो पटक प्रवेश गर्न पाएकोमा आफ्नो सोच तथा लक्ष्य पूरा भएको बताएका छन् ।

गौमुल गाउँपालिकाको भौतिकको बारेमा विश्लेषण गरेर तलका पालिकाहरुले भ्रमणको रुपमा आउने पर्ने अध्यक्ष रावलले बताउनुभएको छ । छाटो समयमा पालिकाको भवन देख्दा बाजुरा जिल्लाका अन्य पालिकाका भवन यस्तो देखिदैनन्, शैक्षिक क्षेत्रमा हर्ने हो भने नमूना विद्यालय समेत यसै पालिकामा रहेको बताएका छन् ।

बैठकमा बोल्दै नेकपा एमाले जिल्ला कमिटी उपसचिव एवं गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले शिक्षकको पेशागत हकहीतका लागि गुणस्तरिय शिक्षामा सबैले जोड दिनुपर्ने बताउँदै पाँच वर्षमा सरकार निमार्णमा गम्भीर ढंगले स्थानीय तह निर्वाचनको सन्दर्भ संगठनले छलफल गर्न अनुरोध गर्नु भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बाजुराका अध्यक्ष राम बहादुर रावलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी उपसचिव एवं गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया रहनु भएको थियो ।

त्यस्तै पूर्व अध्यक्ष खडक शाह, संस्थापक कोषाध्यक्ष पदम रोकाया, शंकर रावल, प्रेस चौतारी जिल्ला सचिव रमित विक लगायत संगठनमा आवद्ध पदाधिकारी र शिक्षकहरुको बैठकमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया