गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:५२

बाजुराका दुई पालिकामा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिने

गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ १४, २०८१
बाजुराका दुई पालिकामा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिने

बाजुरा : बाजुराका दुई स्थानीय तहमा भोलीदेखि निःशुल्क प्रजनन् स्वास्थ्य रुग्णता शिविर सञ्चालन गरिने भएको छ । प्रजनन् उमेर समूहका महिलाहरुका लागि निःशुल्क सेवा सञ्चालन गरिने भएको हो । 

जेठ १५ गते त्रिवेणी नगरपालिकाको तोली स्वास्थ्य चौकी र जेठ १८ गते हिमाली गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

बाजुराको दुर्गम क्षेत्रमा आर्थिक अभाव र चेतनाको कमीले रोग लुकाएर घरमै बसिरहेकी महिलाहरुलाई लक्षित गर्दै शिविर सञ्चालन गरिने बताईएको छ । शिविर पालिकाको समन्वय र स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा सञ्चालन गरिने भएको हो । 

शिविरमा चिकित्सकद्धारा चेक, जाँच, निदान, उपचार तथा प्रेसरण सेवा, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा रिङ पेसरी राख्ने, स्तन क्यान्सर जाँच तथा परामर्श, बाझोपनको चेकजाँच, तल्लो पेट दुख्ने, चिलाउने, सेतो पानी बग्ने समस्याको उपचार लगायत १० प्रकारको सेवा दिईने भएको छ ।  

प्रतिक्रिया