गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३२
Dho

बाजुराको दुर्गम मुक्तिकोटमा खाद्य संस्थानको चामल पुग्यो, स्थानीय खुशी

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ ०८, २०८१
बाजुराको दुर्गम मुक्तिकोटमा खाद्य संस्थानको चामल पुग्यो, स्थानीय खुशी

बाजुरा : बाजुराको अति विकट मुक्तिकोट गाउँमा खाद्य संस्थानको चामल पुगेको छ । स्थानीय तहको लामो प्रयासपछि दुर्गम मुक्तिकोटमा खाद्य संस्थानको शस्तो चामल पुगेको हो । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट विक्रि केन्द्रबाट चामल विक्रि वितरण सुरु गरिएको छ ।

नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले मुक्तिकोट विक्रि केन्द्रमा ५ सय क्वीन्टल चामल आपुर्ति गरी सोमबारबाट विक्रि वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।

विक्रि केन्द्रबाट वडा नं.१ र २ का स्थानीयलाई प्रतिकेजी ६६ रुपैयाँका दरले चामल उपलब्ध गरिन् थालेको अध्यक्ष रोकायाले बताए । खाद्यान्न अभाव तथा पसलबाट महङ्गो चामल किनेर खानुपर्ने यहाँका नागरिकको पहिलादेखिको समस्या समाधानका लागि गरिएको प्रयास सफल भएको रोकायाको भनाइ छ ।

उनले भने मुक्तिकोट विक्रि केन्द्रबाट गत वर्ष फागुनमा पनि ५ सय क्वीन्टल चामल विक्रि वितणर गरेको थियो । यस वर्ष पनि कोटाअनुसार नै ५ सय क्वीन्टल चामल आपुर्ति गरी नागरिकलाई विक्रि गर्न थालिएको छ ।

२०७९ मंसिरमा मुक्तिकोटमा खाद्य विक्रि केन्द्र स्थापन गरिएको थियो । निर्वाचित जनप्रतिनिधीले नागरिकलाई सहज, शुलभ र गुणस्तरीय खाद्यान्न उपलब्ध गर्ने उद्देश्य सहीत विक्रि केन्द्र स्थापन गर्न पहल, कदमी चालेको थियो । 

निर्वाचित भएर पालिकामा आईसकेपछि पटक पटक मन्त्रालयमा धाएको लामो समयपछि नागरिकका समस्याको समाधान गर्न गरिएका प्रयास सार्थक भएको अध्यक्ष रोकायाले बताएका छन् । 

भोक, अभाव, गरिवी र अशिक्षितका रुपमा मात्रै चिनिएको मुक्तिकोट गाउँलाई सुर्धान गाउँपालिकाले हरप्रयास गरिरहेको बताउँदै उक्त कार्यहरु एकपछि अर्को सफल पनि भईरहेको अध्यक्ष रोकायाको भनाइ छ । 

गाउँमै चामल किन्न पाएपछि दुर्गम भेगका बासिन्दाको अनुहारमा खुसी छाएको छ। गाउँदेखि धेरै टाढा रहेका बजारका पसलबाट महङ्गो मुल्य तिरेर चामल खानुपर्ने बाध्यता हटेको छ । भने समयको समेत बचत भएको छ ।

प्रतिक्रिया