गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२३
Dho

वडा अध्यक्ष र सदस्य उम्मेदवारको नाम सिफारिस गर्न एमाले गौमुल गाउँ कमिटीले समय तोक्यो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत २१, २०७८
वडा अध्यक्ष र सदस्य उम्मेदवारको नाम सिफारिस गर्न एमाले गौमुल गाउँ कमिटीले समय तोक्यो

नेकपा एमालेको गौमुल गाउँ कमिटीले आगामी चैत २४ गते वडा अध्यक्ष र सदस्यका उम्मेदवारको नाम सिफारिस गरिसक्न मातहतका वडा कमिटीहरूलाई निर्देशन गरेको छ । 

गाउँ कमिटीको आज बसेको बैठकले चैत २४ गतेभित्र वडा कमिटी बैठक बसेर वडाध्यक्ष र सदस्यहरूको छनोट गर्न भनेको छ । उम्मेदवार छनोट सकेसम्म सर्वसम्मत गर्न र चवडाबाटै आवश्यक सङ्ख्याका उम्मेदवार टुङ्ग्याउन भनिएको छ । 

समयसिमा सकिदै गरेका कारण तत्काल वडाहरुको उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन गरेको गौमुल गाउँ कमिटी अध्यक्ष देव बहादुर रोकायाले बताउनुभएको छ । वडा कमिटीबाटै टुङ्ग्याउन सबै माहतहतका कमिटीहरुलाई निर्देशन गाउँ कमिटीले गरेको छ । 

पालिका कमिटीहरूले सिफारिस गरेका उम्मेदवारको सूचीमा जिल्ला कमिटीहरूले सुझाव सहित प्रदेश कार्यालयमा पठाउन चैत २५ गतेको समय तोकिएको छ । 
 

प्रतिक्रिया