गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४०
Dho

कञ्चनपुरमा गरिएको चक्काजाम खुल्यो

गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत २१, २०७८
कञ्चनपुरमा गरिएको चक्काजाम खुल्यो

धनगढीः कञ्चनपुरमा गरिएको चक्काजाम खुलेको छ। सोमबार जिल्लाको भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा चक्काजाम गरिएकोमा खुलेपछि सवारीसाधनहरु सन्चालनमा आएका छन्। 

उक्त चोकमा बिहान बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि चक्काजाम गरिएको थियो। बसको ठक्करबाट मन्जु बुडालको ज्यान गएको थियो। साईकलमा सवार उनको घटनास्थलमै मृत्युपछि स्थानीयले चक्काजाम गरेका थिए। उनीहरुले सडकमा टायर समेत जलाएका थिए। प्रहरी प्रशासनले स्थानीय तथा मृतकका आफन्तसँग सहमति गरेर चक्काजाम खुलाइएको जनाएको छ। 

ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिएको थियो। मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिह बुडालकी पत्नी हुन्। बस चालक प्रहरी नियन्त्रणमा रहेका छन्। 

प्रतिक्रिया