गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३१
Dho

बुढीगंगा नगरपालिका पूर्ण खोपयुक्त घोषणा

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख २५, २०८१
बुढीगंगा नगरपालिका पूर्ण खोपयुक्त घोषणा

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त सुनिश्चिता घोषणा गरिएको हो ।

नगरपालिकाभित्रका १२ महिनादेखि २३ महिना सम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चत भएपछि मंगलबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

खोप समन्वय समिति संयोजक समेत रहेका बानियाँले बालमृत्युदर घटाउन राज्यले प्रत्येक बालबालिकाका निम्ती हजारौं लगानी गरेको बताउँदै यस उपयोग गर्न समेत सुझाव दिएका छन् । खोप सुनिश्चिततालाई दिर्घकालीन बनाउँने सवालमा नगरपालिका प्रतिवद्ध रहेको बताउँदै खोप अभियानलाई निरन्तरता दिने बताए

रोगका कारण रोग लाग्ने दर आपङ्ग दर र मृत्यु दरमा कमी ल्याई बालबालिकालाई स्वास्थ राख्ने उद्देश्य सहीत पूर्ण खोप सुनिश्चित नगर घोषणा अभियान नै चलाएको उपप्रमुख माया (खड्का) कुवँरले बताएकी छन् । 

May be an image of 12 people, people studying, hospital and daisराष्ट्रिय खोप तालिकाअनुसार बाबाकिाललाई खोप उपलब्ध गराउँन सबैले चासो दिनुपर्ने बताउँदै खोपको सवालमा नगरपालिकाले प्रभावकारी कार्य गरेको बताईन् । स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मूल नारासहित बुढीगंगा नगरपालिकामा सबै बालबालिकालाई पूर्ण खोप दिएको र अब जन्मेने बच्चालाई पनि आवश्यक सबै खोप दिन सकिने भएपछि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको उनले बताइन् । 

१० वडा रहेको नगरपालिका भित्रका १२ महिनादेखि २३ महिनाभित्रका ६ सय ८८ बालबच्चाले राष्ट्रिय खोप तालिकाअनुसार बिसिजी, डिपिटी–हेप बि–हिब, पोलियो, पिसिभी, दादुरा–रुबेला र जेई खोपको मात्रा पूरा गरेको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको बुढीगंगा नगरपालिका जनस्वास्थ्य निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद जैशीले बताएका छन् । 

बुढीगंगा नगरपालिका खोप समन्वय समिति संयोजक एवं नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा नगर उप‐प्रमुख माया (खड्का) कुवँर अतिथिमा हरनुभएको थियो । 

जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी विष्णुप्रसाद जैशीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ, वडाध्यक्ष, कार्यपालिका सदस्य, १४ वटै स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधी स्वास्थ्यकर्मी, स्वयंमसेविका लगायतको उपस्थित रहेको थियो । कार्यक्रम बुढीगंगा नगरपालिकाको हलमा सञ्चालन गरिएको थियो ।      

प्रतिक्रिया