गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३१
Dho

बाजुरामा लागुऔषधसहित एक जना पक्राउ

गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २०, २०८१
बाजुरामा लागुऔषधसहित एक जना पक्राउ

बाजुरा : लागुऔषधसहित बाजुरामा एक जना पक्राउ परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका–५ का २५ वर्षीय विनोद थापालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । 

बुधबार राती सोही नगरपालिकास्थित फालासैनबाट लागुऔषध (खैरो हिरोईन) को कारोबार सहीत विक्रि वितरण गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा थापाको पलसमा लागुऔष फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

थापाको पसलमा ४ ग्राम ९७ मिलिग्राम लागुऔषध खैरो हिरोईन जस्तो दिने धुलो पदार्थ र नगद ३६ हजार २ सय ८० रुपैयाँसहित नियन्त्रणमा लिएको बाजुराका प्रहरी प्रमुख (डिएसपी) दिलीप कुमार गिरी बताएका छन् । आवश्यक कारवाहीका लागि प्रहरीले अनुसन्धान गरिरहेको जनाईएको छ । 

प्रतिक्रिया