गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५२
Dho

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोट

बझाङ
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत २१, २०७८
‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोटमा परेका छन्। जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक विद्यालय र केदारस्युँ गाउँपालिका–९ झोता बजारमा रहेको भैरव मावि उक्त कार्यक्रमका लागि छनोटमा परेका हुन्। 

छनोटमा परेका विद्यालयलाई कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिनेछ। यी दुवै विद्यालयमा प्राविधिकतर्फको कृषि र पशुपालनको पढाइ हुने गरेको छ। पढ्दै कमाउँदै कार्यक्रमका लागि विद्यालय छनोटमा परेको जानकारी दिँदै जालपाका प्रधानाध्यापक उत्तम मल्लले व्यावहारिक रुपमा कार्यक्रम कार्यान्वयन गरिने बताए। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेमा त्यहाँकोे निर्देशक समितिको बैठकले विद्यालय छनोट गरेको हो। कार्यक्रममा प्राविधिक शिक्षा पढाइने विद्यालयलाई प्राथमिकतामा राखिएको छ। छनोटमा परेका विद्यालयलाई ससर्त अनुदानअन्तर्गतको अनुदान रकम स्थानीय तहमार्फत विद्यालयको खातामा उपलब्ध गराउने व्यवस्था गरिएको छ। ‘पढ्दै कमाउँदै विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ मा उल्लिखित प्रक्रियाबमोजिम विद्यालयका लागि दुई किस्तामा बजेट उपलब्ध गराउने व्यवस्था गरिएको छ। पहिलो चरणमा ५० प्रतिशत र दोस्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलब्ध गराइने छ।  

प्रतिक्रिया