गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५४
Dho

बाजुरामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत २१, २०७८
बाजुरामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

बाजुरामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । 

आमा म्यादी प्रहरीमा भर्ना हुन जिल्ला सदरमुकाम मार्तडी आएको मौका छोपी बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने बुढीनन्दा नगरपालिका–६ लाटोबस्तीका बसन्त पाण्डेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

विहीबार विहान ८ बजेको समयमा घरमा आमा नभएको एक्लो मौका छापी आफ्नै बहिनी नाता पर्ने १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने पाण्डेलाई सोमबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले बताएका छन् । 

एक्लो मौका छोपी जबरजस्ती करणी उद्योग गरेको भनी पछिल्लो दिन १८ गते शुक्रबार प्रहरी कार्यालयमा निवेदन आए पश्च्यात ईलाका प्रहरी कार्यालय कोल्टीबाट खटि गएको प्रहरी निरीक्षक देवेन्द्रराज जोशीको टोलीले पाण्डेलाई पक्राउ गरी कार्यालयमा उपस्थित गराएको प्रहरी निरीक्षक ओझाले बताए ।

पीडितको आमालाईको जाहेरीले पीडित र प्रतिवादीको स्वास्थ्य परीक्षण पश्च्यात प्रतिवादी पाण्डेलाई बाजुरा जिल्ला अदालतबाट जबरजस्ती करणी उद्योग मुद्दामा ६ दिन म्याद थप भई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया