गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३३
Dho

इलाममा आज रातिदेखि नै मतगणना हुने, बझाङको भोली

गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख १५, २०८१
इलाममा आज रातिदेखि नै मतगणना हुने, बझाङको भोली

निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को मतगणना आजै राति शुरु हुने जनाएको छ । बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने भएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार इलामको मतगणना राति १२ बजेअघि नै शुरु हुने सम्भावना रहेको छ । भने सोहीअनुसार तल निर्देशन दिइएको बताए ।

सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने अनुमान गरिएको उनले बताए । इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान रहेको थपलियाले जानकारी दिए । त्यस्तै बझाङमा पनि ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया