गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३५
Dho

प्रहरीद्धारा हराएको मोबाइल बरामद गरी सम्बन्धीत व्यक्तिलाई हस्तान्त्रण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत २०, २०७८
प्रहरीद्धारा हराएको मोबाइल बरामद गरी सम्बन्धीत व्यक्तिलाई हस्तान्त्रण

जिल्ला प्रहरी कार्यालय बाजुराले हराएको मोबाइल बरामद गरी सम्बन्धीत व्यक्तिलाई हस्तान्त्रण गरेको छ । बुढीनन्दा नगरपालिका–५ स्थित एक जनाको आफ्नै घरको कोठाबाट हराएको POCOC3 मोबाइल बरामद गरी हस्तान्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

पीडित व्यक्तिले हराएको मोबाइल खोजतलास गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गरे पश्च्यात यही माघ २८ गते दिउँसो कोठाबाट हराएको मोबाइल प्रहरीले निवेदनको आधारमा खोजतलास गर्दा फेला पारी सम्बन्धीत मोबाइल धनीलाई बुझाएको प्रहरीले बताएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय बाजुराको कार्यालयमा बोलाएर उक्त भेटिएको मोबाइल सम्बन्धीत व्यक्तिलाई प्रहरीले हस्तान्त्रण गरेको हो । 

प्रहरी कार्यालयबाट खटी गएको प्रहरीले टोलीले खोजतलास गर्ने क्रममा हराएको मोबाइल जिल्लाकै स्थानका व्यक्तिबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया