गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३२
Dho

कक्षा–१२ को परीक्षामा बाजुरामा २ हजार बढी विद्यार्थी सहभागी बन्दै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख १३, २०८१
कक्षा–१२ को परीक्षामा बाजुरामा २ हजार बढी विद्यार्थी सहभागी बन्दै

बाजुरा : विद्यालय तहको अन्तिम कक्षा–१२ को परीक्षा शुक्रबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलीबाट परीक्षा देशभर सञ्चालन गर्ने भएको छ ।

कक्षा–१२ को परीक्षामा बाजुराबाट २ हजार भन्दा बढी परीक्षार्थी सहभागी बन्ने जिल्ला शिक्षा तथा समन्वय इकाई बाजुराका निमित्त कार्यालय प्रमुख गोपालदत्त पाण्डेयले बताएका छन् । 

जिल्लाका ८ वटा परीक्षा केन्द्रबाट सञ्चालन हुने परीक्षामा कुल जम्मा २ हजार २ सय ३० जना विद्यार्थीहरु परीक्षामा सामेल हुने भएका छन् ।

जिल्लामा कीर्तिचौर मावि कालादह, भानोदय मावि नौविस, मालिका मावि मार्तडी, जनप्रकाश मावि कोल्टी, स्वामीकार्तिक मावि वाई, मष्टेश्वरी मावि डोगडी, तोली देवल डाँडा मावि तोली र कैलाश मावि महतीमा परीक्षा सञ्चालन हुने भएको छ ।

परीक्षाको सम्पूर्ण तयारी पूरा भएसंगै आवश्यक प्रश्नपत्र र कापी सम्बन्धीत परीक्षा केन्द्र पुगिसकेका छन् । विद्यालयहरुले अन्य व्यवस्थापन गरेर परीक्षा नियमित सञ्चालन गर्ने भएका छन् ।

प्रतिक्रिया