गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२९
Dho

अछाममा सम्पन्न उपमेयर कपको उपाधि गौमुल गाउँपालिकालाई

गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत १९, २०७८
अछाममा सम्पन्न उपमेयर कपको उपाधि गौमुल गाउँपालिकालाई

अछामको साँफेबगर नगरपालिकाले आयोजना गरेको प्रथम उप–मेयर कपको उपाधि गौमुल गाउँपालिकाले हात पारेको छ ।

अन्तर पालिका स्तरीय किशोरी भलिबल प्रतियोगीतामा गौमुल गाउँपालिकाले जितेको छ । १२ सेटको सोझो अन्तरले आयोजक साँफे बगर नगरपालिकालाई हराउँदै गौमुल गाउँपालिकाले जित हाँसिल गरेको हो ।

पशुपति बोहराको कप्तानीमा सञ्चालित खेलमा आयोजकलाई सोझो सेटमा पुछार्दै आफुहरुले प्रतियोगीता कब्जामा लिएको खेलाडी सपना रोकायाले बताएकी छन् ।गौमुल गाउँपालिकाले उपाधि कब्जामा लिएसंगै १ लाख ११ हजार १ सय ११ रुपियाँ नगद सहित प्रमाण–पत्र, मेडल र ट्रफी प्रदान गरेको छ ।

त्यस्तै आयोजक साँफे बगर नरगपालिकाले द्धितिय स्थान हाँसिल गदैं ५५ हजार ५ सय ५५, तृतिय स्थान हुन् सफल मेल्लेख गाउँपालिका ३३ हजार ३ सय ३३ र सान्तवना  पुरस्कार ११ हजार नगद सहित प्रमाण–पत्र, मेडल र ट्रफी कमल बजार नगरपालिका अछामले प्राप्त गरेको छ ।

गौमुल गाउँपालिकाद्धारा बधाई तथा सम्मान

गौमुल गाउँपालिकाले अछामको साँफेबगर नगरपालिकाले आयोजना गरेको प्रथम उप–मेयर कपको उपाधि जितेका खेलाडीहरुलाई बधाई सहित सम्मान कार्यक्रमको आयोजना गरेको छ । शनिबार सदरमुकाम मार्तडीमा गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले खेलाडीहरुलाई बधाई सहित सम्मान गर्नुभएको हो ।

No description available.एक कार्यक्रमका बीच अध्यक्ष रोकाया सहित जनप्रतिनिधिहरुले खेलाडीलाई सम्मान गरेका हुन् । गौमुल गाउँपालिकाको शिर उचो बनाएको बताउँदै अध्यक्ष रोकायाले खेलाडीहरुलाई धन्यवाद व्यतm गर्नुभएको छ । गौमुल गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएकोले आगामी दिनमा थप जोड दिने खेलाडीहरुलाई वचन दिनुभएको छ । 

प्रतिक्रिया