गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३६
Dho

बाजुरामा ३३ हजार बिरूवा रोपिए

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख ०७, २०८१
बाजुरामा ३३ हजार बिरूवा रोपिए

बाजुरा : कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा यस आर्थिक वर्ष जिल्लामा ३३ हजार बढी हिउँदे फलफूलका बिरुवा रोपिएको छ। कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा ३३ हजार २९५ बिरुवा रोपिएको हो।

३६ वटा हिउँदे फलफुलका बगैचा स्थापना गर्ने उद्देश्यले विभिन्न प्रजातिका ३३ हजार बढी हिउँदे फलफूलका बिरुवा रोपिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए।

३५० बोटको एउटा किवी बगैंचा, २० हजार १४५ वोटको २३ वटा ओखर बगैंचा, १२ हजार ५५० बोटका ११ वटा स्याउ बगैंचा र ६ सय बोटको एउटा आरु बखडाको बगैंचा स्थापनाका लागि २९ वटा कृषि समूह, सहकारी संस्थाले ज्ञान केन्द्रको अनुदान सहयोग पाएर बिरुवा रोपेका प्रमुख जैशीले बताए। उनका अनुसार जिल्लामा ३६ वटा बगैंचा स्थापना गर्ने उद्देश्यले हिउँदे फलफूलका बिरुवा रोप्ने कार्य पुरा भएको छ।

प्रतिक्रिया