गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२१
Dho

कोल्टीमा जिपले मोटरसाइकललाई ठक्कर दिएपछि...

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत १९, २०७८
कोल्टीमा जिपले मोटरसाइकललाई ठक्कर दिएपछि...

जिल्लाको कोल्टीमा जिपले र मोटरसाइकललाई ठक्कर दिएको छ । बुढीनन्दा नगरपालिका कोल्टी बजारस्थित अथिथि रेष्टुरेण्ट एण्ड गेष्ट हायस अगाडी पार्किङ गरेर राखेको भे १० प १०९२ नम्बरको मोटरसाइकललाई जिपले ठक्कर दिएको हो ।

होटेल अगाडी पार्किङ गरेर राखेको मोटरसाइकललाई से १ ज ११३२ नम्बरको जिपले ठक्कर दिदाँ मोटरसाइकलमा पूर्ण रुपमा क्षति पुगेको छ । बुढीनन्दा नगरपालिका–७ पीयलसराका लालबहादुर खड्काको जिप तथा चालक जनक गिरीले चलाएको जिपले ठक्कर दिदाँ मोटरसाइकल च्यापिएको छ ।

अतिथि रेष्टुरेण्ट एण्ड गेष्ट हाउसको किचनमा समेत क्षति पुगेको छ । होटलको किचनमा रहेको फर्निचर र अन्य सामान्य क्षति पुगेको कोल्टी प्रहरी जनाएको छ । जिप चालक गिरी प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख देवेन्द्रराज जोशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया