गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५५
Dho

बुढीगंगामा जातीय भेदभाव तथा छुवाछुत न्यूनीकरण सम्बन्धी अन्तरक्रिया

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २७, २०८०
बुढीगंगामा जातीय भेदभाव तथा छुवाछुत न्यूनीकरण सम्बन्धी अन्तरक्रिया

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा जातीय भेदभाव तथा छुवाछुत न्यूनीकरण सम्बन्धी सञ्चालन गरिएको अन्तरक्रिया सम्पन्न भएको छ । बुढीगंगा नगरपालिकाको आर्थिक सहयोग तथा बुढीगंगा दलित नेटवर्कको आयोजनामा सञ्चालन गरिएको अन्तरक्रिया मंगलबार सम्पन्न भएको हो ।  

समाजमा गरिने जातीय विभेदलाई अन्त्य गर्ने उद्देश्यसहित अन्तर दलित छुवाछुत न्युनीकरण सम्बन्धी सरोकारवाला निकायसंग छलफल गरिएको बुढीगंगा नगरपालिका कार्यपालिका सदस्य शुसिला मिजारले बताएकी छन् ।

जातीय छुवाछुत तथा भेदभावविरुद्ध संविधान, कानुनमा भएको व्यवस्था, कार्यान्वयनको अवस्था, चुनौति र कानुन कार्यान्वयनका लागि भएका प्रयासहरुका विषयमा छलफल भएको मिजारले जानकारी दिएकी छन् ।

जातीय छुवाछुद र भेदभाव विरुद्धको कानुन भएपनि अझै पीडितहरु कानुनी उपचार खोज्ने अभ्यासमा पछाडी परेको अन्तरक्रियामा बताईएको छ । समाजमा भएका हानिकार प्रचलनहरु अन्त्य गर्न सबै पक्षको भूमिका उत्तिकै रहनुपर्ने अन्तरक्रियामा बोल्ने बक्ताहरुले बताएका छन् । 

जातीय छुवाछुत तथा भेदभाव गर्ने, गराउने व्यक्तिलाई तीन महिनादेखि तीन वर्ष कैद र पचास हजारदेखि दुई लाख रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । तर कानुनको बारेमा राम्रोसंग जानकारी नहुँदा कतिपय पीडितहरु न्यायलयमा जाने गरेका छैनन् । विभेद न्युनीकरण गर्न कानुनी व्यवस्था बारेमा जानकारी र सचेतना फैलाउनु पर्नेमा उनीहरुहरुले जोड दिएका छन् । 

समाजमा हुने विभेदलाई अन्त्य गर्न विभिन्न ठाउँमा गठित दलित नेटवर्कले पनि सक्रिय बन्न आवश्यक रहेको छलफलमा बताईएको छ । कानुनमा भएको व्यवस्थालाई आम नागरिकले व्यवहारमा अनुभव र महशुस गर्ने वातावरण बनाउन समाजका सबै पक्षको भूमिका र दायित्व उत्तिकै रहेको बताईएको छ । 

बुढीगंगा नगरपालिकाको बाह्रविसमा सञ्चालन गरिएको एक दिने अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, सरोकारवाला निकाय सहीत वडा नं.७, ८ र ९ का स्थानीयको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया