गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२५
Dho

बाजुराकाे हिमाली गाउँपालिकामा भेडिगोठमा आगलागी हुँदा लाखौंको क्षति

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २७, २०८०
बाजुराकाे हिमाली गाउँपालिकामा भेडिगोठमा आगलागी हुँदा लाखौंको क्षति

बाजुरा : बाजुराको हिमाली गाउँपालिकाका भेडीगोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । हिमाली गाउँपालिका वडा नम्बर ३ बौडीका स्थानियको भेडिगोठमा आइतवार दिउँसो आगलागी भएको हो । 

आगलागिबाट स्थानीय भेँडा पालक किसान सौर बहादुर रोकाया र सुरेन्द्र रोकायाका भेडा बाख्रासहित अन्नपात र लत्ता कपडा नलेर नष्ट भएका वडा अध्यक्ष मंगल बुढाले बताएका छन् ।

उहाँले भेडिगोठमा राखिएको समाग्रि, केही नगद र बस्ने त्रिपाल सहित पूर्ण रुपमा जलेर नष्ट हँुदा करिब २ लाख ७५ हजार बराबरको क्षति भएको बताए ।
 

प्रतिक्रिया