गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०७:२६
Dho

सोमबार देशका केही स्थानमा वर्षा हुने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत २६, २०८०
सोमबार देशका केही स्थानमा वर्षा हुने

काठमाडौं : सोमबार कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार राति कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  प्रदेश र गण्डकी  देशका पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका पक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया