वित्तीय संस्था सहकारी र कृषक समूहबीच छलफल कार्यक्रम गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा सम्पन्न भएको छ ।
आई.एन.एफ नेपाल बाजुराको “दियो जीविकोपार्जनका लागि जलवायु परिवर्तन अनुकुलन परियोजना कार्यक्रमको आयोजनामा समूहबीच छलफल गरिएको हो ।
कार्यक्रममा वित्तीय संस्था सहकारी तथा कृषक समूह र सामुदायिक बन उपभोक्ता समितिहरुले ग्रामीण क्षेत्रमा खेलेको भूमिकाका बिषयमा छलफल गरिएको थियो ।
सोही कार्यक्रममा कुमारी बैंक शाखाका प्रबन्धक नरेन्द्रसिंह साउँदले वित्तीय साक्षरता, बैंकबाट प्रदान गरिने सेवा सुविधा र अन्य विभिन्न बिषयमा जानकारी गराउनुभएको थियो ।
सेवा प्रदायकहरुले झेल्नु परेका समस्या र प्रदान गरिने सुविधाका बिषयमा दोहोरो रुपमा छलफल गरिएको थियो । स्थानीय स्तरमा सञ्चालित संघसंस्था, सहकारी, कृषक समूह र सामुदायिक बन उपभोक्ता समितिका प्रतिनिधिहरुले अवस्थाका बारेमा जानकारी गराएका हुन् ।
आई.एन.एफ नेपाल बाजुराका राजेश राईले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिकाका संघसंस्था, सहकारी, कृषक समूह र सामुदायिक बन उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया