गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२५
Dho

उपप्रमुख कोशेली कार्यक्रम : गर्भवती र सुत्केरी खोज्दै उपप्रमुख कुँवर

बाजुरा
रमित वि.क.
शुक्रबार, चैत २३, २०८०
उपप्रमुख कोशेली कार्यक्रम : गर्भवती र सुत्केरी खोज्दै उपप्रमुख कुँवर

बाजुरा : गाउँमा कुनै महिला गर्भवती र सुत्केरी भएको थाहा पाउने वित्तिकै बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया खड्का कुँवर कोशेली बोकेर वडामा पुग्नु हुन्छ । कोशेलीमा १ क्रेट अण्डा, २ केजी चना, २ पोका तेल, २ पोका नुन र फलफूल सहित उपप्रमुख कुँवर गाउँमा जाने गरेकी छन् ।

घर–घरमा गर्भवती र सुत्केरी खोज्दै उपप्रमुख कोशेली कार्यक्रम आजबाट प्रारम्भ भएको छ । सुत्केरी मात्र होइन गर्भवती महिलाको बारेमा जानकारी पाएपनि कोशेली प्रत्यक्ष घरमा पुग्ने गरेको छ । सुत्केरी मात्र होइन गर्भवती महिलाको बारेमा जानकारी पाएपनि कोशेली त्यहाँ पुग्छ ।

कोशेली दिने प्रकृया उहीँ हो, उपप्रमुख कोशेली कार्यक्रम सहित भएर गर्भवती र सुत्केरी महिलासँग भेट गर्न जान्छन् । ‘यसरी भेट गर्दा कोशेली दिनुको साथै गर्भवती र सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा पनि छलफल हुन्छ’ उपप्रमुख कुँवरले भनिन्, ‘छलफलमा आमा समूह र स्वास्थ्यकर्मीहरुको पनि सहभागीता हुन्छ ।’

नगरपालिकाभित्र रहेका सम्पुर्ण सुत्केरी आमाहरुलाई उपप्रमुख कोशेली वितरण सुरु गरिएको छ । पोषणमा सुधार ल्याउने उद्देश्यका साथ पालिकामा उपप्रमुख कोशेली वितरण कार्यक्रम सञ्चालन गरिएको छ । पालिका भर ५ सय ७५ सुत्केरी तथा गर्भवती महिलालाई कोशेली दिन लागिएको हो ।

‘जुन् घरमा सुत्केरी तथा गर्भवती महिलाहरु हुन्छन्, त्यहीँ कोशेली वितरण गर्ने गरेका छौ’ उनले भनिन्, ‘यसरी पोषिलो खाना लगेर भेट्न जाँदा उनीहरुलाई सुत्केरी तथा गर्भवती महिलालाई पोषिलो खाना खुवाउनुपर्छ भन्ने जानकारी हुने भएकाले कार्यक्रम प्रभावकारी हुने भएको छ ।

बुढीगंगा नगरपालिका–१ वडाको स्वास्थ्य चौकीबाट उपप्रमुख कोशेली वितरण गरी कार्यक्रमको औपचारिक रूपमा सुरु गरिएको छ । शुक्रबार वडामा रहेका ५४ जना गर्भवती र सुत्केरी आमाहरुलाई वितरण गरिएको छ । 

प्रतिक्रिया