गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३९
Dho

बाजुराको हिमालीमा लडेर महिलाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत २१, २०८०
बाजुराको हिमालीमा लडेर महिलाको मृत्यु

बाजुरा : हिमालीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हिमाली गाउँपालिका-५ रिठ्ठा की आपसरी बुढथापा रहनुभएको छ ।

बुधबार बिहान घरबाट घाँस खाट्न गएकी ४१ वर्षीया बुढथापा बिहान करिब १० बजे स्थानीय बालभिटा भीरबाट करिब २ सय मिटर तल खस्नुभएको आफन्त लंक कार्कीले बताउनुभयो । घरमा श्रीमान ३ छोराछोरी सहित ४ जना परिवार रहेकोे आफन्त कार्कीले बताउनुभयो ।

मृतकलाई हिमाली गाउँपालिकाको एम्बुलेन्समा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पाेष्टमार्टम लागि ल्याएकाे गाउँपालिकाले जनाएको छ । विकट भुगोलका कारण जिल्लाका महिलाहरुले पटक–पटक भीरबाट लडेर अकालमा ज्यान गुमाउँदै आएका छन् ।

प्रतिक्रिया