गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:११
Dho

गौमुल गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि ज्ञापनपत्र

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १९, २०८०
गौमुल गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि ज्ञापनपत्र

बाजुरा : गौमुल गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि नेपाल शिक्षक महासंघ गौमुल गाउँपालिकाले ज्ञापनपत्र बुझाएको छ ।आगामी शैक्षिक शत्र सुरु हुनु पूर्व आईतबार महासंघले उपाध्यक्ष सीता थापालाई ज्ञापनपत्र बुझाएकोे सचिव लाल बहादुर रोकायाले बताउनुभएको छ ।

स्थानीय सरकारतर्फबाट सम्पूर्ण विद्यालयका भौतिक संरचना निर्माण बनिसकेपछि अब शैक्षिक गुणस्तर सुधारमा गम्भीर बन्न सुझाव सहित ज्ञापनपत्र बुझाईएको हो । समग्र पालिकाभरमा शैक्षिक गुणस्तर सुधार गर्न सरकारका तर्फबाट पहल सुरु गर्न ५ बुदेँ ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।

पालिकामा आधारभूत तहमा कार्यरत योग्यता भएका शिक्षकहरुलाई दरबन्दी अभावका कारण मावि तथा आधारभूत कक्षा ८ मा मिलान गरी निज शिक्षकलाई स्थानीय सरकार वा सम्बन्धीत विद्यालयले पारिश्रमितकको व्यवस्था गर्नुपर्ने, रिक्त रहेका विद्यालयमा समयमै दक्ष स्वस्थ प्रतिस्पर्धाबाट हाम्रो नभई राम्रो शिक्षक तत्काल नियुक्त गर्नुपर्ने माग रहेको छ ।

यस्तै विद्यालयहरुमा जुनसुकै तहमा दरबन्दी स्थायी, राहत, अनुदान, करारमा कार्यरत भएतापनि योग्यता र क्षमताका आधारमा शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिईनुपर्ने, शिक्षकहरुको ईच्छा अनुसार सरुवा हुन चाहेमा दोहोरो सहमति अनुसार सरुवा हुन रोक लगाउन नहुने र शिक्षकलाई समावेशीताका आधारमा बिना भेदभाव सरुवा गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाहरुबाट अनुगमनको व्यवस्था गर्ने, शिक्षकलाई वार्षिक कार्य योजना तयार गरी प्रथम त्रैमासिक परीक्षामा स्थानीय सरकारले अनुगमन गर्ने लगायतका सुझाव समेत पेश गरिएको शिक्षक महासंघका उपाध्यक्ष रत्नपति पाध्यायले बताउनुभएको छ ।

यता उपाध्यक्ष सीता थापाले माग र सुझाव सकारात्मक रहेका कारण सरकार गम्भीर रहेको बताउनुभएको छ । शैक्षिक गुणस्तर सुधारका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नरहेको उल्लेख गर्दै आवश्यक माग सम्बोधन गर्न पहल गरिने बताउनुभएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि भनरै स्थानीय सरकारले अन्तर विद्यालय सरुवा गर्ने प्रक्रियाको थालनी गरिरहेको बताउनुभएको छ । ज्ञापनपत्र बुझाउन शिक्षक संगठनका अध्यक्ष नरेन्द्र रोकाया, महासंघका सदस्य नयन बहादुर थापा, वीर बहादुर रोकाया लगायतका प्रतिनिधिको सहभागीता रहेको थियो । 

प्रतिक्रिया