गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:१३
Dho

बाजुराकाे विकास निर्माण केन्द्रीत पत्रकारिता गरौं : नगर प्रमुख खड्का

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत १६, २०८०
बाजुराकाे विकास निर्माण केन्द्रीत पत्रकारिता गरौं :  नगर प्रमुख खड्का

बाजुरा: बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बाजुराको विकास निर्माणमा पत्रकारिताको माध्यामबाट वकालत गर्न आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराले आयोजना गरेको ६९ औं स्थापना दिवस कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जिल्लालाई हरेक हिसाबले गलत रुपमा व्याख्या गर्ने प्रवृत्ति हाबी हुनु दुर्भाग्य भएको उल्लेख गर्दै यस बिषयमा गम्भीर भएर कलम चलाउन अनुरोध गुर्नभएको छ ।

हरेक कुरा जोडेर जिल्लाको बेइज्जत गर्ने र जिल्लामा हुने सम्भावनाको बारेमा कसैले नबोल्ने जस्ता गलत अभ्यासको चिरफार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

समाजलाई भड्काउने र अनावश्यक द्धन्द्ध सिर्जना गरी नागरिकलाई त्रसित गर्ने खालका समाचार प्रशारण-प्रकाशन गराउने कार्य बन्द गराउन महासंघलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले समाजको ऐना पत्रकार भएका कारण सत्य तथ्य समाचार नागरिक कहाँ पुर्याउन सुझाव दिनुभएको छ ।

पत्रकारिताको गरिमा र विश्वसनीता कायम राखी समग्र बाजुराको विकास निर्माण देखि अन्य गतिविधिमा पत्रकारिता केन्द्रीत बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।

पत्रकार महासंघ बाजुराले स्थापना दिवस पत्रकारहरुको रगत समूह पहिचान र बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएको सचिव रमित विकले बताउनुभएको छ ।

जिल्लामा रगत नपाएर धेरै बिरामी तथा अन्य व्यक्तिहरु जिल्ला बाहिर रिफर गर्ने परिस्थितिमा पत्रकारहरुले सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको सचिव विकले बताउनुभएको छ ।

जिल्लामा उपलब्ध पत्रकारहरुले जिल्ला अस्पतालमा रगत समूह पहिचान गराई आफ्नो रगत समूहका बारेमा जानकारी लिएको वरिष्ठ उपाध्यक्ष पदम सिंहले बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पदम सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहनुभएको थियो ।

गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, पत्रकार महासंघ बाजुराका सल्लाहकार समिति संयोजक प्रकाश सिंह, पत्रकार महासंघ बाजुराका संस्थापक सभापति दयाराम पण्डित, पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति पूर्व सदस्य गगन अयडी लगायतको सहभागीता रहेको थियो । 

May be an image of 10 people, people smiling, hospital and text


    

प्रतिक्रिया