गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३६
Dho

सेती लोकमार्गको द्रुत निर्माणदेखि सीमा विवादसम्म पहल गर्दै समन्वय बाजुरा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत १५, २०८०
सेती लोकमार्गको द्रुत निर्माणदेखि सीमा विवादसम्म पहल गर्दै समन्वय बाजुरा

बाजुरा: जिल्ला समन्वय समिति बाजुराले बाजुरा, अछाम र बझाङ जिल्लाका जिल्ला समन्वय समितिहरुसँग आवश्यक समन्वय गरी सेती लोकमार्गको द्रुत निर्माणका लागि सम्बन्धित निकाय, प्रदेश सरकार र संघीय सरकारमा पहल गर्ने भएको छ ।

समन्वय समितिको छैटौं जिल्ला सभाबाट पारित भएका निर्णयहरु पत्रकार सम्मेलन मार्फत बिहीबार सार्वजनिक गर्दै जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले यस्तो बताउनुभएको छ ।

जिल्लास्थित स्थानीय तहहरु बीच रहेको सीमा विवाद समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय तहका प्रमुख र सरोकारवाला निकायको सहभागीता हुने गरी सीमा विवाद समाधान समिति गठन गरी विवाद समाधानको पहल गर्ने गरी निर्णय भएको जानकारी गराउनुभएको छ । 

जिल्ला सभामा बाजुरा जिल्लामा स्थानीय तहहरुको समन्वयमा र सहयोगमा अधुरा आयोजनाहरुको विवरण संकलन गरी सोको प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्ने र कार्य पुनः सुचारुका लागि पहल गर्ने, बाजुरा जिल्लामा रहेका हिंसा पीडित महिला तथा बालबालिकाहरुको संरक्षण, पुनः स्थापना र सामाजिकिकरणका लागि जिल्ला समन्वय समिति बाजुराले तयार गरेको अल्पकालीन महिला सुरक्षित आवास गृह सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० पारित गरेको छ ।

बाजुरा जिल्लामा रहेका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरुमा हुने अनुगमन तथा समन्वयलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि जिल्ला समन्वय समिति बाजुराले तयार गरेको जिल्ला स्तरीय अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०८० पनि पारित गरिएको उपप्रमुख लाछु सार्कीले बताउनुभएको छ ।

बाजुरा जिल्लामा लागुऔषध नियन्त्रण तथा मदिरा व्यवस्थापनका लागि सबै स्थानीय तहहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सरोकारवाला निकायहररुसँग समन्वय र सहकार्य गरिने, मार्तडी–कोल्टी सडक खण्डको स्तरोन्नति गरी नियमित बस सेवा सञ्चालनका लागि  सम्बन्धित निकायसँग समन्वय गर्ने, बाजुरा जिल्ला, प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।

  जिल्ला समन्वय समिति बाजुराको प्रशासनिक भवन पुरानो र जिर्ण हनुका साथै बेला बेलाका भूकम्पले क्षति भई कार्य सञ्चालनमा कठिनाई भएकोले प्रशासनिक भवन निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश सरकार समक्ष बजेट व्यवस्थाका लागि अनुरोध गरिने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डेले बताएका छन् ।

बाजुरा जिल्लामा उत्पादन भएको स्थानीय तथा रैथाने बालीहरु प्रवद्र्धन तथा   जिल्ला बाहिर निर्यात गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लगायतका सरोकारवाला निकायहरुसँग समन्वय गरिने, जिल्ला समन्वय समिति बाजुराको आर्थिक वर्ष ०८०÷८१ को हाल सम्मको खर्च अनुमोदन र बजेट पारित, स्थानीयतहरुको समन्वय र सहकार्यमा बाजुरा जिल्लाका गौरवका तथा ठुला एवं बृहत आयोजनाहरुको पहिचान गरी निर्माणका लागि प्रदेश एंव संघीय सरकारमा पेश गर्ने निर्णय भएको हो ।

बाजुरा जिल्लाका स्थानीयहरुका प्रमुख र जिल्ला समन्वय समितिबीच त्रैमासिक रुपमा समन्वयात्मक घुम्ती बैठक गर्ने र अल्पकालीन महिला सुरक्षित आवास गृह÷सेवा केन्द्रको भवनको लागि जग्गा खरिद गरी भवन निर्माण कार्य अगाडी बढाउने त्यस्तै बाजुरा जिल्लाका सबै स्थानीय तहहरुमा विद्युतको राष्ट्रिय प्रशारण लाईन विस्तारको लागि नेपाल विद्युत प्राधिकरण लाई अनुरोध गर्ने जिल्ला सभाबाट भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा उपप्रमुख लाछु सार्की, जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डे लगायत जिल्ला स्थित विभिन्न मिडिया हाउसमा आवद्द पत्रकारहरुको सहभागीता रहेको थियो । जिल्ला समन्वय समिति बाजुराको सभा हलमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख रामचन्द्र पाण्डेले गरेका हुन् । 

 

प्रतिक्रिया