गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:०७
Dho

पत्रकार महासंघले स्थापना दिवसमा रगत पहिचान गराउने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत १५, २०८०
पत्रकार महासंघले स्थापना दिवसमा रगत पहिचान गराउने

बाजुरा: नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराले ६९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने जिर्णय गरेको छ ।

बिहीबार बसेको पदाधिकारी तथा उपलब्ध सदस्यहरुको बैठकले स्थापना दिवसमा जिल्ला स्थित सम्पूर्ण पत्रकारहरुको रगत पहिचान गरी रगत आवश्यक परेकाहरुका लागि प्रदान गर्ने निर्णय गरेको सचिव रमित विकले बताउनुभएको छ ।

जिल्लामा रगत नपाएर धेरै बिरामी तथा अन्य व्यक्तिहरु जिल्ला बाहिर रिफर गर्ने परिस्थितिमा सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको सचिव विकले बताउनुभएको छ ।

सोही अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफूल समेत वितरण गरिने कार्यक्रम तय गरिएको छ । पत्रकार महासंघले स्थापना दिवस यसअघि विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ ।

बिहान ८ बजे जिल्ला अस्पतालमा सम्पूर्ण पत्रकार तथा अन्यको उपस्थितिका लागि महासंघले आग्रह गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष संगीता तिमिल्सिना सहित पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । 

No description available.

प्रतिक्रिया