गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२३
Dho

नेकपा (एमाले) गौमुल गाउँपालिकामा चुनावी शुभारम्भ भेला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत १६, २०७८
नेकपा (एमाले) गौमुल गाउँपालिकामा चुनावी शुभारम्भ भेला

नेकपा (एमाले) गौमुल गाउँपालिकाले चुनावी शुभारम्भ आमभेला सुरु भएका छन् । आशन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गदैं एमाले गौमुलले पनि चुनावी आमभेला सञ्चालन गरेको छ ।  

नेकपा (एमाले) गौमुल गाउँपालिकाका विभिन्न वडामा सोमबार एकसाथ आमभेला कार्यक्रमको उद्घाटन गरिएको गौमुल गाउँ कमिटी अधयक्ष देव बहादुर रोकायाले बताएका छन् ।

गौमुल गाउँपालिकाका ६ वटै वडामा चुनाव केन्द्रीत आमभेला कार्यक्रमको आयोजना गरिएको हो । नेकपा (एमाले) गौमुल वडा कमिटीको आयोजनामा पालिका भित्रका सबै वडाहरुमा चुनाव केन्द्रीत भेलाको आयोजना गरेर चुनावी गतिविधी अगाडी बढाईएको गाउँ कमिटी उपाध्यक्ष गीता रोकायाले बताएकी छन् । 

 भेलामा गौमुल सरकारले पाँच वर्षको अवधिमा गरेका विकास निर्माण गतिविधी बारेमा समेत समिक्षा गरिएको छ । पाँच वर्षको अवधिमा स्थानीय तहमा नेकपा (एमाले) नेतृत्वको सरकारले गरेको विकास निर्माणका काम प्रति भेलामा उपस्थित जनताहरुले खुलैरै प्रसंशा गरेका छन् ।

एमाले ६ नम्बर वडा कमिटीले आयोजना गरेको चुनावी शुभारम्भ आमभेला कार्यक्रमा चुनाव केन्द्रीत छलफल, साक्षात्कार तथा चुनावी अभियानबारे समेत छलफल गरिएको छ । वडा कमिटी अध्यक्ष कमिटी अध्यक्ष कलक बहादुर चदाँराको अध्यक्षतामा सञ्चालन भएको आमभेला कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य तुलसीराम रोकाया रहनु भएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य सीता थापा, एमाले गौमुल गाउँ कमिटी उपाध्यक्ष गीता रोकाया, गाउँ कमिटी सदस्य प्रकाश बहादुर रोकाया, कलक बहादुर रोकाया, वीरबहादुर रोकाया विशिष्ट अतिथि रहनुभएको थियो । भने एमालेका नेता चन्द्र बहादुर रोकाया, प्रेम बहादुर विक लगायतका नेता अतिथिमा रहनु भएको थियो ।

भेलामा नेता तथा कार्यकर्ताले आ–आफ्नो धारणा समेत राखेका थिए । भेलामा पाँच वर्षको अवधिमा भएको विकास निर्माणका गतिविधीका बारेमा र सुधार गर्नुपर्ने पक्षकका बारेमा केही समयसम्म अन्तरक्रिया समेत गरेको थियो ।

धारणा राख्ने सबै व्यक्तिहरुले सिंगो गौमुल गाउँपालिका र वडाहरुमा पाँच वर्षको अवधिमा विकासले निकै फड्को मारेको प्रष्ट पारेका छन् । गाउँमा स्वास्थ्य, खानेपानी, सडक, सिँचाई सुविधा, रोजगारमुलक कार्यक्रम, पर्यटन प्रवद्र्धन लगायतका थुप्रै विकास भएको बताएका छन् । नेकपा एमालेको सरकार अझैपनि विकास, निकास र जनताको सुःख दुःखको सारथी भएकाले एमालेलाई फेरि बहुमतका साथ जिताउने बताएका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै एमाले जिल्ला कमिटी सचिवालय सदस्य तुलसीराम रोकायाले नेपाली काँग्रेस झुटको खेती गर्ने पार्टी भएको आरोप लगाएका छन् । चुनाव नजिकिएसँगै काँग्रेसीहरुले झुटो आश्वासन दिएर भ्रम फैलाईरहेकोले कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

त्यस्तै एमाले जिल्ला कमिटी सदस्य एवं गाउँपालिका उपाध्यक्ष सीता थापा २०७४ सालको चुनावमा जनताको माया ममताले उपाध्यक्षको पदमा विजयी गरेर सेवा दिन अवसर प्रदान गरेकोमा धन्यवाद दिएकी छन् । पाँच वर्षको अवधिमा गाउँपालिका भित्रका जनतालाई सेवा दिन पाउँदा आफु खुसी भएको बताएकी छन् । चुनाव केन्द्रीत भएर प्रतिपक्ष पार्टीका नेताहरुले विकासको विरोध गरेको प्रति आक्रोश व्यतm गरेकी छन् ।

आम भेलामा सम्बोधन गर्ने सबै नेताहरुले नेकपा (एमाले) लाई विजयी गर्न सबैले आ–आफ्नो तर्फबाट लाग्नुपर्ने बताएका छन् । केही दिनमै चुनावी गतिविधी लिएर जनताको एमाले गौमुल गाउँ कमिटी जाने भएको छ । 

६ वटै वडामा राखे पदको आकांक्षी, २ वडामा निर्विरोध टुङ्गो लाग्यो

नेकपा एमाले गौमुल गाउँपालिकाका ६ नम्बर वडा मध्ये केही वडामा उम्मेदवारको टुङ्गो लागेको छ । जस मध्ये १ नम्बर वडा अम्लिसमा उम्मेदवारको टुङ्गो लागेकोे छ । 

अध्यक्ष देव बहादुर रोकाया लगायत अन्य सदस्यहरु निर्विरोध रुपमा उम्मेवारहरुको टङ्गगो लागेको छ । त्यस्तै २ नम्बर वडामा देव बहादुर रोकायाकै नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । 

त्यस्तै वडा नं. ३,४,५ र ६ वडाको वडा अध्यक्षको उम्मेदवारीको टुङ्गो लाग्न बाकी रहेको वडा कमिटी जनाएको छ । केही दिनमै अन्य वडाको उम्मेदवारी टुङ्गगो लाग्ने एमाले गौमुलले जनाएको छ । 

उम्मेदवारको टुङ्गो लगाउन नेता तथा कार्यकर्ताको छलफल सक्रिय बनेका छन् । गौमुल गाउँपालिकामा फेरि एमालेकै सरकार कायम गर्ने गरी नेता तथा कार्यकर्ता छलफलमा व्यस्त देखिएका छन् । 
 

प्रतिक्रिया