गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२०
Dho

ललितपुरमा होलीको क्रममा ग्याङ फाइट २ जनाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १२, २०८०
ललितपुरमा होलीको क्रममा ग्याङ फाइट २ जनाको मृत्यु

काठमाडौं: होली खेल्ने क्रममा दुई समूहबीच भएको झडपमा परी २ जना युवाको मृत्यु भएको छ । गएराति ललितपुर ढोलाहिटीमा भएको ग्याङ फाइटमा उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ ।

राति ९ बजे दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई छन् ।

उनीहरूमध्ये पुजनलाई कोखा र रोबसलाई खुट्टामा चक्कु हानिएको थियो । रोबसको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।

‘राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ ।

घटनाको कारण खुल्न सकेको छैन’, सुवेदीले भने । दुईजनाको शव पोष्टमार्टमका लागि सुमेरु र पाटन अस्पतालमा राखिएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म १८ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया