गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२३
Dho

बाजुराका डीएसपी कवीन्द्रसिंह बोहराको सरुवा, दीलिप कुमार गिरी आउँदै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत ०८, २०८०
बाजुराका डीएसपी कवीन्द्रसिंह बोहराको सरुवा, दीलिप कुमार गिरी आउँदै

बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराको सरुवा भएको छ । बाजुरामा एक वर्षको अवधि बिताउँदै बोहराको जिल्ला प्रहरी कार्यालय कैलालीमा सरुवा भएको हो ।

डीएसपी बोहरा गत वर्षको माघ २५ गते बाजुरामा आएका थिए । त्यस्तै डीएसपी बोहराको सरुवा भएसँगै प्रहरी नायव उपरीक्षकमा दीलिप कुमार गिरी बाजुरा आउने भएका छन् ।

गिरी जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सरुवा भएर बाजुरा आउने भएका हुन् । प्रहरी प्रधान कार्यालयले बुधबार एकैसाथ १ सय ४१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ ।
 

प्रतिक्रिया