गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४१
Dho

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन वैशाख २१ गते हुँदै

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत ०८, २०८०
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन वैशाख २१ गते हुँदै

काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको बुधबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभएकाे छ ।

उहाँका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ । केन्द्रीय महाधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चुन्‍नेछ ।

प्रतिक्रिया