गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:१२
Dho

शालिन मृत्यु प्रकरणः पक्राउ परेका तीनै जना धरौटीमा रिहा

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत ०६, २०८०
शालिन मृत्यु प्रकरणः पक्राउ परेका तीनै जना धरौटीमा रिहा

काठमाडौं: चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेल प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् ।

शालिनको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा रिहा भएका हुन् ।

चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले प्रधानाध्यापक देवकोटालाई ३ लाख र सहप्रधानाध्यापक अधिकारी र होस्टल वार्डेन शर्मालाई जनही ५/५ लाख धरौटी बुझाउन आदेश दिएको थियाे ।

अदालतको आदेशपछि उनीहरू धरौटी बुझाएर हिरासतमुक्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता श्रीराम भण्डारीले अनलाइनखबरलाई बताए ।

शालिनको मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा शालिनले आत्महत्या गरेको पुष्टि भएको थियो । त्यसपछि पक्राउ परेका तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया