गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२१
Dho

कैलालीमा गुड्दागुड्दै ट्रकमा आगलागी, दुई करोड २८ लाखको क्षति

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ०४, २०८०
कैलालीमा गुड्दागुड्दै ट्रकमा आगलागी, दुई करोड २८ लाखको क्षति

धनगढीः कैलालीमा गुड्दागुड्दै दुईवटा ट्रकमा आगलागी हुँदा दुई करोड २८ लाखभन्दा बढीको क्षति पुगेको छ।सोमबार कर्णाली पुल र हिजो (शनिबार) बर्दगोरिया गाउँपालिका–१ मुडामा लाइटर, औषधि, खुर्सानी, बच्चाको प्याड बोकेका ट्रकमा आगलागी भएको हो।

दुबै आगलागीका घटनाबाट दुई करोड २८ लाख ६१ हजार मूल्य बराबरको सामग्री जलेको अनुमान गरिएको छ। कर्णाली पुलमा ट्रक जलेर नष्ट भएको छ भने मुडामा आगलागी हुँदा औषधि, खुर्सानी, लाइटर र बच्चाको प्याड आंशिक रुपमा क्षति पुगेको छ भने ट्रकको अगाडीको भाग जलेर नोक्सानी भएको छ।

वीरगञ्जबाट धनगढी आउँदै गरेको प्रदेश ३–०३–००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले बताए। लाइटरसहित खुर्सानी बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको प्रहरीले अनुमान गरेको छ।

शनिबार दिउँसो ३ बजेतिर जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मुडा बजार नजिक आगो लागेको थियो। घोडाघोडी र लम्की चुहा नगरपालिकाको दमकल चाँडै आउँदा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

 आगलागी हुँदा ट्रकभित्र रहेका विभिन्न औषधि, खुर्सानी, लाइटर जलेर करिब एक करोड १२ लाख ९३ हजार ९१ रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको अनुमान छ।

कर्णाली पुलमा ट्रकमा लागेको आगलागीबाट एक करोड १५ लाख ६८ हजार बराबरको लाइटर जलेको छ। ट्रकसमेत पूर्णरूपमा जलेको छ।

कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद ५७ हजार पनि जलेको छ। नगद र सामान गरी एक करोड १६ लाख २५ हजारबराबरको क्षति भएको अनुमान छ। यसका साथै आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ।

प्रतिक्रिया