गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ११:३६
Dho

कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी

गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत ०३, २०८०
कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी

धनगढीः कैलालीकाे चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएकाे हप्ता दिन नबित्दै साेही प्रकृतिकाे घटना भएकाे छ । 

शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका- ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको डाइपर बाेकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले ट्रकको आगलागी नियन्त्रणमा आएको बताए ।

प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा खटिएकाे प्रहरी टाेली, घाेडाघाेडी नगरपालिका र लम्कीचुहा नगरपालिकाबाट गएको दमकलले आगाे नियन्त्रणमा लिएकाे उनले बताए । क्षतिकाे विवरण संकलन भइरहेकाे  प्रहरीले जनाएको छ ।

यसअघि साेमबार पनि कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा एक्कासि ट्रकमा आगाे लागेकाे थियाे । उक्त आगाेले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर मर्मत सम्भारकाे काम भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया