गाैमुल खबर डटकम मङ्गलबार १५, पुष २०८२ ०३:३९

आगो सल्किएर अछाममा एक शिशु घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २१, २०८०
आगो सल्किएर अछाममा एक शिशु घाइते

बाजुरा: अछाममा एक शिशु घाइते भएका छन्। घरभित्र सुताइ राखेको ओछ्यानमा आगो सल्किएर पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका विन्द्रा विकका ४५ दिनका शिशु गणेश विक गम्भीर घाइते भएका हुन्।

घाइते शिशुको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राती नै प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। शिशुको बायाँतिरको शरीर जलेको जिल्ला प्रहरी कार्याल अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

घरको भान्सामा बेलुका खाना पकाई रहेको बेला अगेनाको छेउमा शिशुलाई सुताएर आमा बिन्द्रा घर बाहिर गएपछि ओछ्यानमा आगो सल्किएर बालक जलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया