गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३८
Dho

बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २१, २०८०
बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर

बाजुरा: सातादिन पछि केहीदिन घाम लागेपनि फेरि बाजुरामा हिमपात भएको छ । हिमपात र वर्षासँगै बढेको चिसोले जनजीवन कष्टकर बनाएको छ ।

आईतबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएपछि यहाँको जनजीवन प्रभावित भएको हो । यस्तै जिल्लाको दक्षिणी भेगमा पानी पर्न थालेको छ ।

हिमपातकै कारण पोरखे लेकमा बाटो बन्द भएको छ । जसका कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टाढिएको छ । हिमपात सुरु भएपछि कोल्टी एयरपोर्ट बन्द भएको छ ।

कोल्टी क्षेत्रमा पुनः सञ्चार सेवा अवरुद्ध बनेको छ । घाम लागेको दिन मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चार विहीन हुने गरेको छ ।

जिल्लाका नौ वटा स्थानीय तह मध्ये गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका केही स्थानमा हिमपात भएको छ ।

गौमुल गाउँपालिकामा अम्लिस, अन्द्राडी, पौदाली, मल्लोदुगुन, धल्काँडा लगायतका उच्च क्षेत्रमा हिमपात भएको छ । भने जिल्लाका अन्य पालिकामा वर्षा भएको भएको हो । 

No description available.

प्रतिक्रिया