गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१८
Dho

खडुकामा ट्याक्टर दुर्घटना चालक घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन १९, २०८०
खडुकामा ट्याक्टर दुर्घटना चालक घाइते

बाजुरा : मार्तडी कोल्टी सडकखण्डमा पर्ने खडुकामा ट्याक्टर दुर्घटना चालक घाइते भएका छन् । घाइते हुनेमा गौमुल गाउँपालिका-६ टाँडाकाेट घर भएर हाल मार्तडीमा बसोबास गर्दै आएका ट्याक्टर चालक अन्दाजी ५० वर्षीय गोरख रोकाया रहेको प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहरा बताएका छन् । 

कोल्टीबाट मार्तडी आउदै गरेका सुपप्र ०१ ००२ त ५०५५ नम्बरको ट्याक्टर अनियन्त्रित भई खडुका भीरबाट खसेर करिव एक सय मिटर तल खसेको बताईएको छ । घाइते भएका चालक रोकायालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको छ । घाइते भएका चालक रोकायाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया