गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०९:२१
Dho

अछामकाे वैद्यनाथ कोटीहोम महायज्ञमा आगलागी, कुण्ड जलेर नष्ट

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन १९, २०८०
अछामकाे वैद्यनाथ कोटीहोम महायज्ञमा आगलागी, कुण्ड जलेर नष्ट

बाजुरा : बिहीबारबाट सुरु भएको अछामको कोटिहोम महायज्ञमा आगलागी भएको छ। आज (शनिबार) कोटीहोम महायज्ञमा आगलागी भएको हो। पाँचवटा कुण्डमध्ये एउटा कुण्ड जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले बताए।

फागुन २५ गतेसम्म सञ्चालन हुने गरी अछामको वैद्यनाथ धाममा कोटिहोम लगाइएको थियो । नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम सुरु भएको थियो।

तर होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ। पाँचवटा कुण्डमध्ये एउटा कुण्ड मात्र जलेर नष्ट भएको तथा कुनै मानवीय क्षति नभएको डीएसपी पाठकले बताए। अहिले आगो नियन्त्रणमा आइसकेको छ। साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा शिवरात्रिसम्म कोटिहोम महायज्ञ सञ्चालन हुने गरी महायज्ञ लगाइएको छ।

प्रतिक्रिया