गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३०
Dho

अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखियो भजन शिरोमणिको पार्थिव शरीर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन १५, २०८०
अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखियो भजन शिरोमणिको पार्थिव शरीर

बाजुरा : वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिएको छ। आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिन कलाकार,राजनीतिकर्मी,सर्वसाधारण तथा शुभचिन्तकलगायतको भीड लागेको छ। 

आचार्य नेपाली संगीत जगतमा भजन शिरोमणिको उपनामले परिचित छन्। आचार्यको सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा ८१ वर्षको उमेरमा निधन भएको हो। उनी विगत लामो समयदेखि बिरामी परेका थिए।

आजै दिउँसो पशुपति आर्यघाटमा उनको अन्तिम दाहासंस्कार गरिने कार्यक्रम रहेको छ। उनले करिब ४०० गीतमा स्वर तथा संगीत दिएका छन्। उनको ८१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो। आचार्य गायक सत्यराज र स्वरुपराज आचार्यका बुबा हुन्।

प्रतिक्रिया