गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२५
Dho

सरकारी अस्पतालको आईसीयूमा मुसाले टोक्दा बिरामी बेहोस

गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन ०९, २०८०
सरकारी अस्पतालको आईसीयूमा मुसाले टोक्दा बिरामी बेहोस

सरकारी अस्पतालहरुको दूरावस्था छिमेकी मुलुक भारतमा पनि कम रहनेछ । त्यहाँ त आईसीयूमै मुसाले बिरामीमाथि आक्रमण गरेर बेहोस नै बनाउँदो रहेछ । भारतको तेलंगानास्थित कामारेड्डी जिल्ला अस्पतालमा हालै यस्तो घटना भएको छ ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजना ४३ वर्षीय बिरामीलाई मुसाले टोकेर घाइते बनाउँदा उनी बेहोस भए । हालै भएको यो घटनामा मुसाले बिरामीको दाहिने हातका औंला तथा खुट्टाको कुर्कुच्चोमा गहिरो गरी टोकेको थियो । मुसाले बिरामीलाई टोकेको बारेमा कुरुवाले डाक्टरलाई जानकारी गराएका थिए ।

उनको यसअघि हैदरावादस्थित अस्पतालमा शल्यक्रिया भएको थियो र मुसाले टोक्ने घटना भएको एक हप्ताअघि मात्रै उनी कामारेड्डी अस्पतालको आईसीयूमा भर्ना भएका थिए । यो घटनापछि अस्पताल प्रशासनले त्यस बारेमा अनुसन्धान सुरु गरेको छ र वरिष्ठ स्वास्थ्य अधिकारीहरुले अस्पतालको निरीक्षण गर्नुका साथै बिरामीलाई पनि भेटेका छन् ।

साथै कर्मचारीहरुको लापरबाहीका कारण सो घटना भएको भन्दै जिम्मेवार कर्मचारीहरुलाई अनुशासनको कारबाही गर्ने पत्र पनि काटिएको छ । प्रारम्भिक छानबिनका क्रममा आईसीयू कक्षसँगै डाइलाइसिस युनिटको मर्मत सम्भार भैरहेको र सो क्रममा भत्काइएको क्षेत्रबाट मुसा प्रवेश गरेको पाइएको छ ।

अधिकारीहरुका अनुसार बिरामीका कुरुवाहरुले बिरामीको बेडकै छेउमा तथा अस्पताल परिसरमा यत्रतत्र खानेकुराहरु फाल्ने गरेका कारणले गर्दा मुसाको आतंक बढिरहेको छ ।

प्रतिक्रिया