गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०१:४९

दक्षिण अफ्रिकामा गोलीबारी, नौ जनाको मृत्यु

गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष ०७, २०८२
दक्षिण अफ्रिकामा गोलीबारी, नौ जनाको मृत्यु

काठमाडौं : दक्षिण अफ्रिकाको एक बारमा भएको गोलीबारीमा नौ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रहरीले व्यापक खोजी अभियान सुरु गरेको छ। प्रहरीका अनुसार जोहानेसबर्ग नजिकैको बेकरसडल क्षेत्रमा सात पुरुष र दुई महिलाको मृत्यु भएको छ।

दुईवटा गाडीमा आएका करिब १२ जना अज्ञात आक्रमणकारीले बारमा उपस्थित मानिसमाथि गोली चलाएको बताइएको छ। प्रहरीले मानिसहरू आफ्नो ज्यान जोगाउन भागिरहेका बेला पनि आक्रमणकारीहरूले अन्धाधुन्ध गोलीबारी जारी राखेको भने।

आइतबार स्थानीय समय अनुसार बिहान १ बजेतिर गोलीबारी भएको थियो। प्रहरीले उक्त बार इजाजतपत्र प्राप्त भएको बताएको छ।

प्रतिक्रिया