गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३१
Dho

एमाले अध्यक्ष थापाद्धारा जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री सहयाेग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन ०७, २०८०
एमाले अध्यक्ष थापाद्धारा जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री सहयाेग

बाजुरा : नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका अध्यक्ष भरतबहादुर  थापाले बुढीगंगा नगरपालिका–२ बल्देमा रहेको  अनाथालयलाई सहयोग गरेका छन् । शनिबार आफ्नो जन्मदिनको अवसर पारेर अध्यक्ष थापाले फजुल खर्चलाई कटाएर विपन्न र अनाथ बालबालिकालाई सहयोग गरेका हुन् ।

पार्टीका सचिव हुँदा गत वर्ष पनि जन्मदिनको अवसरमा कन्सर्न बाजुरामा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री पाँच सय लिटरको पानी ट्याङ्की सहयोग गरेका थिए । जन्मदिनको अवसरमा अध्यक्ष थापाले अनाथलयमा पुगेर शैक्षिक सामग्री र एक हजार लिटरको खानेपानी ट्याङ्कीसहित संस्थाका अध्यक्ष बहादुर थापालाई हस्तान्तरण गरेका छन् ।

जिल्लामा सञ्चालनमा रहेको अनाथलयमा रहेका बालबालिकाको शैक्षिक गुणस्तर सुधार  गर्न र उनीहरुको शिक्षाको गुणस्तर वृद्धिका लागि शैक्षिक सामग्री लगायत ५० हजार बराबरको सामग्री सहयोग गरेका छन् ।

जन्मदिनको अवसरमा अनावश्यक फजुल खर्च गर्नुभन्दा विपन्न र अनाथ भएका बालबालिकालाई सहयोग गर्ने लक्ष्यका साथ कन्सर्नमा रहेका बालबालिकालाई सहयोग गरेको उनले बताएका छन् ।

जन्मदिनको अवसरमा हस्तान्तरण गरेको शैक्षिक तथा अन्य सामग्री हस्तान्तरणमा कन्सर्न बाजुराका अध्यक्ष बहादुर थापाले सबैको सहयोगले बेसहारा बनेका बालबालिकालाई पालन पोषण र गुणस्तरीय शिक्षा प्रदान गर्न थप टेवा पुगेको बताएका छन् । जन्मदिनको अवसरमा एमाले अध्यक्षकी धर्मपत्नी सहित कार्यकर्ताहरु सहभागी बनेका थिए ।

प्रतिक्रिया