गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ ०१:४१

रुखले च्यापिएर बैतडीमा एक किशोरको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन ०४, २०८०
रुखले च्यापिएर बैतडीमा एक किशोरको मृत्यु

बाजुरा ः बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रवार पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखले च्यापिएर मृत्यु भएको हो।

घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएका थिए। उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया