गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१६
Dho

काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, फागुन ०३, २०८०
काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु

बाजुरा : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस बुधबार राति १ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । दुर्घटनामा ३० जना घाइते भएकामा ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको स्थानीय सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया