गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३२
Dho

आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन ०२, २०८०
आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट

बाजुरा ः गौमुल गाउँपालिका–१ माडी गाउँमा आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । गएराति करिव ९ बजेको समयमा घरमा एक्कासी आगलागी भएको हो । स्थानीय महेन्द्र रोकायाको घरमा अचानक आगलागी भएको वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले बताएका छन् ।

घरको माथिल्लो तलाबाट खाना खाएर तल्लो तलामा सुत्न आएको बेला एकाएक आगलागी भएको बताईएको छ । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायत जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति तथा पशु चौपायमा भने स्थानीयले तत्काल उद्दार गरेपछि क्षति हुनबाट बचेको छ । आगलागीको एकिन विवरणका लागि ईलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाबाट प्रहरीको टोली घटना स्थल गएको छ । 

प्रतिक्रिया