गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५४
Dho

बुढीगंगा नगरपालिका-५ गाउँ,बस्ती सफा राख्ने अभियानमा जुट्यो

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ २९, २०८०
बुढीगंगा नगरपालिका-५ गाउँ,बस्ती सफा राख्ने अभियानमा जुट्यो

बाजुरा : बुढीगंगा नगरपालिका–५ ले वडाभित्र रहेका गाउँ बस्तीहरु सफा र स्वच्छ राख्ने अभियान थालेको छ । जथाभावी फोहोर मिल्काउनाले गाउँ तथा सार्वजनिक स्थलहरु दुर्गन्धीत भएको भन्दै वडा कार्यालयले समुदाय स्तरबाट सरसफाई अभियान थालेको हो । 

वडामा रहेका विभिन्न समूह मार्फत प्रत्येक महिनाको शनिबार सरसफाईसंगै जनचेतना फैलाउने कार्य अनिवार्य गर्न थालिएको कार्यपालिका सदस्य सुशिला मिजार बताएकी छन् । सरसफाई अभियानमा आमा समूह, बालक्लव र किशोरी समूहहरुको सक्रियता रहेको उनले बताइन् । 

घरबाट निस्किएको फोहोर सार्वजनिक स्थल र बस्ती वरिपरी नै फाल्ने गरेकोले यस्तो कार्य रोक्न वडाभित्र रहेका प्रत्येक टोलमा आमा समूह गठन गरेर सरसफाई सहीत आवश्यक परामर्श दिने गरी समूह परिचालित गरिएको वडाध्यक्ष चत्रबहादुर थापाले बताएका छन् । 

वडा क्षेत्रलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शनिबार सरसफाई विशेष अभियान सञ्चालन गर्ने गरिएको उनले बताए । फोहोर व्यवस्थापन र संकलनका लागि आवश्यक पर्ने सम्पूर्ण स्रोत साधन वडाले व्यहोर्ने गरी अभियान थालिएको उनले बताए । आज वडाले फोहोर व्यवस्थापनका लागि प्रत्येक बस्ती तथा सार्वजनिक स्थलमा राख्ने गरी ‘डस्टबिन’ वितरण गरेको वडाध्यक्ष थापाले बताएका छन् ।    

घर तथा होटेल पसलबाट निस्किएको फोहोर जन्य बस्तुलाई संकलन गर्न वडाले सबै टोल, बस्ती, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी र सहकारी संस्थालाई गरी ६० वटा फलामले निर्मित ‘डस्टबिन’ हस्तान्त्रण गरिएको कार्यपालिका सदस्य एवं स्थानीय समेत रहेकी शुसिला मिजारले बताएकी छन् ।

May be an image of 6 people, people smiling, temple and textकुहिने र नहुहिने फोहोरलाई संकलन गर्नका लागि फलामले बनेका ‘डस्टबिन’ वितरण गरिएको हो । सरसफाई अभियानबाट संकलित फोहोर जन्य बस्तुलाई व्यवस्थापन गरी नष्ट गर्न सहज होस् र घरबाट निस्किएको फोहोर निश्चित स्थानमा व्यवस्थापन गर्ने बानीको विकास गर्न वडाले ‘डस्टबिन’ दिएको कार्यपालिका सदस्य मिजार बताएकी छन् ।

वडाबाट दिएका ‘डस्टबिन’ मान्छेको पायक पर्ने स्थानमा राखिने भएको छ । जसले गर्दा एकातिर फोहोर संकलन अर्कोतिर बानीको विकास हुने विश्वस लिईएको छ । जथाभावी फोहोर फ्याक्नाले बस्ती वरिपरी, धारा, पधेरा, मठमन्दिर तथा सार्वजनिक स्थलहरुमा दुर्गन्धीत बढेकोले स्वच्छ र सफा गाउँ बनाउने अभियानै थालिएको वडाध्यक्ष थापाको भनाइ छ । 

अब दिएका ‘डस्टबिन’ प्रयोग नगरी जथाभावी फोहोर फाल्ने जोकोहीलाई कारवाहीको दायरामा ल्याउने गरी वडाले नियम बनाएको छ, स्वच्छ, सफा र सुन्दर वडा बनाउने आफूहरुको लक्ष्य रहेकाले यस अभियानमा सबैले साथ दिन समेत उनले आग्रह गरेका छन् । सरसफाई अभियानमा टोल तथा समुदाय स्तरमा गठन गरिएका आमा समूहको नेतृत्वमा सक्रियता बढ्दै गएको छ ।

प्रतिक्रिया