गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०२:४६
Dho

कञ्चनपुरका दुई पत्रकार प्रहरीको नियन्त्रणमा

धनगढी
गाैमुल खबर गाैमुल खबर
शनिबार, माघ २७, २०८०
कञ्चनपुरका दुई पत्रकार प्रहरीको नियन्त्रणमा

धनगढी : कञ्चनपुर प्रहरीले पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको छ । शनिवार बिहान पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो कुँवरलाई समेत नियन्त्रणमा लिएको हो ।

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामीका अनुसार शनिवार दिउँसो कुँवरलाई समेत प्रहरीले पक्राउ गरेको हो । विद्युतीय कारोबार सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

भट्टलाई बिहान जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो । तर, प्रहरीले मुद्दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन् ।

भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्ट गायत्री टुर एण्ड ट्राभल्सको बजार व्यवस्थापकको रुपमा काम गर्दै आएका थिए । कुँवर र भट्टले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनु कुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए ।

प्रतिक्रिया