गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:५२
Dho

बाजुरामा बलात्कार प्रकरण : पीडितलाई न्याय दिलाउन गृहमन्त्रीसंग माग

गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ १७, २०८०
बाजुरामा बलात्कार प्रकरण : पीडितलाई न्याय दिलाउन गृहमन्त्रीसंग माग

बाजुरा : बाजुराको हिमाली गाउँपालिका ३ युनाकी १ गर्भवति महिलाले बलत्कार जस्तो जघन्य अपराधमा न्याय नपाएको भन्दै जिल्ला दलित नेटवर्क बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

आज जिल्ला प्रशासन कार्यालय बाजुरामा जिल्ला नेटवर्कका अध्यक्ष जसबहदुर विक, सचिव रमेश सुनार, दलित अधिकारकर्मी मानबहादुर विकसहित पीडित परिवारले बलत्कार जस्तो जघन्य अपराधमा न्याय नपाएको भन्दै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

गएको पुस १० गते राति एकजना गर्भवति दलित महिलामाथि भएको बलत्कार पछि न्याय माग्न सदरमुकाम आउँदा जिल्ला प्रहरी कार्यालय बाजुरा र बाजुरा जिल्ला अदालतले पीडितलाई झन पीडा दिने गरी गरेको फैसलाले जिल्ला दलित नेटवर्क बाजुराले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । 

बलत्कार जस्तो घटनामा दोषीलाई हदै सम्मको सजाय दिनुको सट्टा उल्टै पीडित महिलाको श्रीमान लगाएत तीन जनालाई झुटा मुद्दा लगाएर पुर्पक्षका लागि जेल चलान गरेपछि तुरुन्तै रिहाईका लागि जिल्ला प्रसासन कार्यलय मार्फत गृहमन्त्रालय, दलित आयोग क्षेत्रीय कार्यालय दिपायल र जिल्ला कारागारलाई ध्यानाकर्षण पत्र बुझाएको जिल्ला दलित नेटवर्क बाजुराका सचिव रमेश सुनारले बताएका छन् । 

जिल्ला दलित नेटवर्कका अध्यक्ष जसबहादुर विकद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा एउटा दलित गर्भवति महिलामाथि रातिको समयमा गाउँकै स्थानीय जंगसिंह बुढाले बलत्कार गरेको घटनाले सिंगो मानवीयतामाथि नै खिल्ली उडाएको उल्लेख गरेको छ । 

गर्भवति महिला ३ छोरासहित ३ दिनदेखि सदरमुकाम मार्तडीमा न्यायको लागि भौतारिरहेकी छन् । उनी भन्छन् आफुमाथि बलत्कार भयो, उल्टै न्यायलयले न्यायदिनुको साटो झुटो मुद्धा लगाएर मेरा श्रीमान र देवरहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेपछि आफु सहारा विहिन बनेकी छु ।

प्रतिक्रिया