गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०७:१७
Dho

बाजुराको गौमुलमा ट्याक्टर पल्टियो

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ १६, २०८०
बाजुराको गौमुलमा ट्याक्टर पल्टियो

बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा ट्याक्टर पल्टिएको छ । आज विहान करिब ९ः४५ बजे सिमधारा खोला नजिकै गिट्टी बाकेको ट्याक्टर सडकमा पल्टिएको हो ।

सिमधारा खोलामा निर्माण भईरहेको पक्कि पुलका लागि गिट्टी बोकेको सु.प्र.प०१००२ त ५३५३ नम्बरको ट्याक्टर ब्रेक फेल भएर सडकमा पल्टिएको इलाका प्रहरी कर्यालय गौमुलले जनाएको छ ।

ट्याक्टर चालक खप्तड छेडेदह गाउँपालिका ७ का रामबहादुर बुढाले चलाएको ट्याक्टर सिमधारा खोला बारीबाट खोला परी गिट्टी लैजादै गर्दा ब्रेक फेला भएर सडकमा पल्टिएको र ट्याक्टर चालक सशुकल रहेको प्रहरी जनाएको छ ।

ट्याक्टर चालक बुढा हाम फालेर बाच्न सफल भएका हुन् । ट्याक्टरको अगाडीको भाग खोलामा परेको छ । भने पछाडी गिट्टी लोड गरिएको भाग सडकमै पल्टिएको छ । ट्याक्टर दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरी जनाएको छ ।

ट्याक्टर सिमधारा खोलामा निर्माण भईरहेको घट्मुना–मानाकोट जोड्ने पक्की पुल निर्माणका सामाग्री गिट्टी अनलोड गर्दै आईरहेको थियो । 

प्रतिक्रिया