बाजुरा ःनेपाल कम्युनिष्ट पार्टी (एमाले) गौमुल गाउँ कमिटीले विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सहित गाउँ कमिटीको बैठक आयोजना गरेकाे छ।
(एमाले) गौमुल गाउँ कमिटीले एक सूचना जारी गर्दै आगामी २०८३ असोज २८ गते बिहान ११ बजे गौमुल गाउँपालिकाको सभाहल, घट्मुनामा बैठक आयोजना गरिने जनाएको छ।
गाउँ कमिटीको पत्र अनुसार बैठकमा नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदीपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सहित बैठक राखिएको गाउँ कमिटी अध्यक्ष मोहन रोकायाले बताएका छन् ।
बैठकमा प्रदेश कमिटीका नेता, जिल्ला कमिटीका नेता, गाउँ कमिटीका पदाधिकारी तथा सदस्य, वडा कमिटीका पदाधिकारी र सदस्य, जनवर्गीय संगठनका प्रतिनिधि तथा निर्वाचित जनप्रतिनिधिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
गाउँ कमिटीका सचिव धनबहादुर बोहराद्वारा जारी सूचनामा सम्बन्धित सबैलाई निर्धारित मिति, समय र स्थानमा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।
गौमुल गाउँ कमिटीको बैठकले पार्टीको संगठनात्मक गतिविधि तथा चाडपर्वको शुभकामना आदानप्रदानलाई प्राथमिकता दिने जनाएको छ।






प्रतिक्रिया